दफा २७क
संस्थानको दायित्व तथा सम्पत्ति सुम्पन सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनुअघि निर्जीवन बीमा व्यवसायबाट संस्थानलाई प्राप्त भएको आम्दानी, सो व्यवसाय वापत संस्थानमा रहेको दायित्व तथा निर्जीवन बीमा व्यवसायको लागि संस्थानले छुट्याएको सम्पत्ति नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गरी तोकिएदिएको निर्जीवन बीमा व्यवसाय गर्ने कुनै संस्थालाई सुम्पन सक्नेछ ।